पालुङटार
(गोरखा) — स्वास्थ्य अवस्था जटिल बन्दै गर्दा वरिष्ठ न्यूरो सर्जन डा.
उपेन्द्र देवकोटाले बारम्बार पुर्ख्यौली घर जाने इच्छा व्यत्त गरे ।
देवकोटाको इच्छालाई शनिबार उनका परिवारले पूरा गरिदिए । हेलिकप्टर चार्टर
गरेर पालुङटार नगरपालिका–४ बोहोरागाउँस्थित पुर्ख्यौली घर ल्याएका
देवकोटालाई भेट्न उनका शुभचिन्तकको भीड लागेको थियो । झण्डै डेढ घण्टा
बोहोरागाउँमा बिताएका देवकोटा ५५ मिनेट जन्मिएको घरमा सुस्ताए ।
प्रकाशित : जेष्ठ २६, २०७५ १९:५५
२०७२
वैशाख १२ गतेको भूकम्पले भत्काएको पुरानो घर उनले एक वर्षअघि मर्मत गरेका
थिए । ‘१५ दिनअघि म उहाँलाई सिस्नेपानी धाराको पानी खाने बोत्तलमा राखेर
भेट्न पुगेको थिएँ, उहाँले गाउँमै आएर पानी खाने इच्छा देखाउनुभयो, आज
आउनुभयो,’ स्थानीय प्रदीपचन्द्र देवकोटाले भने ।
चम्चाको
सहाराले सिस्ने धाराको पानी खाएपछि देवकोटाको अनुहारमा चमक आएको उनी
बताउँछन् । गाउँ आएपछि उपेन्द्र निकै खुसी भएका उनका उपचारमा संलग्न
मेडिसिटी अस्पतालका इमर्जेन्सी मेडिसिन विभागका प्रमुख इमर्जेन्सी मेडिसिन
फिजिसियन डा. सञ्जय कार्कीले बताए । ‘म गाउँ आइपुँगे भनेर उहाँलाई फिल
भएको छ,’ उनले भने, ‘सरको अवस्था गभ्भीर छ, उहाँको पानी खाने इच्छा पूरा
गर्न यहाँ ल्याएका हौँ, पानी खाएपछि उहाँको अनुहारमा खुसी देखियो ।’ कार्की
नेतृत्वको टोलीले देवकोटाको स्वास्थ्य उपचारमा खटिएका थिए । उपेन्द्रले
आफ्ना शुभचिन्तकसँग दोहोरो संवाद गर्न भने सकेनन् ।
I have given the name of my post as Nepal'The Switzerland of Asia",the following picture shows my judgement is exactly right.How the beauty of Nepal can be explained indeed.
नेपाल र चीनबीच १० वटा सम्झौता, इलेक्ट्रिक कार्गो रेल काठमाडौं ल्याइने अनलाइनखबर 0 प्रतिक्रिया 63 SHARES Facebook Twitter Email ७ असार, बेइजिङ । नेपाल र चीनबीच इलेक्ट्रिक कार्गो रेल काठमाडौं ल्याइनेसहित १० वटा सहमति भएको छ । साथै थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली खछ्याङबीच गे्रट हल अफ पिपलमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तामा रेलमार्ग निर्माण लगायतका सम्झौता भएको हो ।
मेसिनबाट धान रोपाइँ [फोटोफिचर] असार २३, २०७५ वेदराज पौडेल डाँगीहाट (मोरङ) — यहाँका किसान मेसिनबाट धान रोप्न थालेका छन् । नेपाल कृषि कम्पनीले कृषिमा आधुनिकीकरण गर्ने अभियान सञ्चालन गरेपछि किसानलाई मेसिनबाटै थोरै खर्चमा धान रोप्ने, गोड्ने र काट्ने (हार्वेस्टिङ) काम गर्न सहज भएको छ । प्रकाशित : असार २३, २०७५ १८:०७ ट्रेमा बीउ राखेर १५ दिनको धानको बेर्ना मेसिनबाट रोप्दा किसानहरूले एक बिघामा १ सय ५० मनसम्म आम्दानी गर्ने गरेका छन् । ट्रेमा बेर्ना उत्पादन गर्ने प्रविधि ब्याडमा बीउ राख्दाभन्दा महँगो परेपछि अहिले नेपाल कृषि कम्पनीले ब्याडमै प्लास्टिक बिछ्याएर बेर्ना तयार गरिदिन थालेको छ । यसबाट ८० प्रतिशत लागत घटेको छ । गत शनिबार नेपाल कृषि कम्पनीकै फार्म हाउसमा मेसिनबाट धान रोपियो । त्यस क्रममा नेपाल कृषि कम्पनी निर्देशक वीरेन्द्रबहादुर बस्नेतसहितको टोलीले किसानलाई एकीकृत खेती र आधुनिक प्रविधिबाट खेती गर्दा लागत कम हुने र आम्दानी बढी गर्न सकिनेबारे छलफल गर्यो । किसानहरूको समूह बनाई एकैपटक एक हजार बिघा जमिनमा ख...
Comments
Post a Comment