नेपाल र भारतका नागरिक उड्डयन अधिकारीहरूबीच बार्ता नेपालले पाउने भयो यी तिन शहरबाट पाउने भयो थप हवाई रुट !



भारतले नेपाललाई थप हवाई प्रवेश विन्दु उपलब्ध गराउने भएको छ।भारत र नेपालका नागरिक उड्डयन अधिकारीहरूबीच भएको वार्तामा महेन्द्रनगर, जनकपुर र विराटनगरबाट भारतीय आकाशबाट जहाज नेपाल भित्रिन पाउने गरी रुट दिने सम्बन्धमा सहमति भएको हो।
बिहीबारदेखि काठमाडौंमा भएको उक्त वार्ताबाट हाल एक्जिटमात्र हुने महेन्द्रनगर रुटबाट जहाज आउन पनि दिने सम्बन्धमा नेपालले १५ देखि २४ हजार फिटसम्मको रुटबारे अध्ययन गरेर जुलाई १० सम्म अध्ययन प्रतिवेदन भारतसँग पेस गर्ने र ३० हजारमाथिको उचाइका उडानको लागि भारतीय पक्षले अध्ययन गर्ने सहमति भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिए।
त्यस्तै, विराटनगर र नेपालगञ्जबाट पनि थप हवाई प्रवेश विन्दुका सम्बन्धमा नेपालले रुट विकास गरेर सुरक्षा तथा अन्य सबै अध्ययन गरेर भारतीय पक्षसमक्ष प्रस्ताव पेश गर्ने सहमति भएको छ।
महेन्द्रनगर रुटबाट नेपाल जहाज भित्रिनको लागि रुटको सुरक्ष(सेफ्टी एसिसमेन्ट) गरेर भारतीय पक्षले त्यसमा सहमति जनाएमा कार्यान्वयन हुने छ। त्यसपछि लगत्तै भारतको दिल्लीबाट आउने जहाज महेन्द्रनगर हुँदा काठमाडौं आउन सक्छन्।




Comments

Popular posts from this blog

Beauty of Chainpur,Nepal

AGREEMENT TO MAKE THE RAILWAY KERUNG KTM.