धौलीगंगा बाँध खाेल्दा महाकालीमा बाढीकाे जाेखिम
सतर्क रहन स्थानीय प्रशासनको अाग्रह
दार्चुला — भारतीय पक्षले पानीको मात्रा बढी भएर धाैलीगंगा बाँधको ढोका खोलेको जनाउँदै महाकाली नदी किनारका बासिन्दालाई सतर्क गराउन नेपाली पक्षलाई अनुरोध गरेको छ ।
धौलीगंगा बाँधकाे पानीले महाकालीमा पानीकाे सहत बढे दार्चुलाकाेब्यास गाँउपालिका–५ धौलाकोटदेखि लेकम गाँउपालिकाको लालीसम्म बाढीको जोखिम बढ्ने देखिन्छ।
सदरमुकाम खलंगा क्षेत्रमा तटबन्धका कारण केही सुरक्षित भएपनि अन्य महाकाली तटीय क्षेत्रमा बाढी जोखिम घटेको छैन। भारतको खोतिला नजिकबाट खसेको पहिरोले सदरमुकाम जोखिममा पर्न सक्ने अनुमान गरिएको छ।
सदरमुकाम क्षेत्रकाे नदी किनारमा पक्की तटबन्ध निर्माण गरिए पनि खोतिला पहिरोले उक्त क्षेत्रमा साँघुरो भाग बनेकाले पानी बस्ती भएको ठाँउमा पस्न सक्ने सम्भावना भने कम नरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
बाँधको ४० मिलिमिटरदेखि एक सय मिलिमिटरसम्म पानी खोलेको जनाएको छ। दार्चुला र पारि भारतको धारचुलाबाट करिब १८ किलोमिटर उत्तरपश्चिममा भारतले महाकालीको सहायक नदी धौलीगंगामा जलविद्युत उत्पादनका लागि बनाएको बाँधले तटीय क्षेत्रका स्थानीयमा बाढी त्रास बढाएको हो।
महाकाली नदी किनारका बस्तीहरुमा खतरा बढ्ने र त्यसबाट हुन सक्ने क्षतिलाई कम गर्न उक्त क्षेत्रमा सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले माइकिङ्ग गरिरहेका छन्। पानी बढेको समयमा नदी किनारमा नजान स्थानीयलाई प्रहरीले अनुरोध गरिरहेका छन्।
पानीको सतह बढेपछि हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गर्दै उद्धारका लागि सशस्त्र प्रहरीको एक विशेष टोली सामानसहित तयारी हालतमा बसेको सशस्त्रका डीएसपी अम्बिकाप्रसाद जोशीले बताए।
Comments
Post a Comment